National_Flag
शिक्षित, सुखि जनता सारा । समुन्नत, सक्षम, आत्मनिर्भर बारा ।। नमूना जिल्ला, उदाहरणीय सुशासन । हाम्रो सङ्कल्प, राष्ट्र निर्माणमा योगदान ।।

District_Development_Office_Bara
नामाकरण :


यस जिल्लाको उत्तर पूर्वी भागमा कुनै जमानामा गढी गौडा (बारा गढीमाई) र गोश्वाराको रुपमा रहेको बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम बारा रहन गएको हो भन्ने भनाई छ ।


प्रतिव्यक्ति आय सबैभन्दा बढी भएको जिल्ला :


नेपालीको प्रतिव्यक्ति आय २४० अमेरिकी डलर रहेको वर्ष(२०५८ साल) मा बारा जिल्लावासीको प्रति व्यक्ति आय ३९६ अमेरिकी डलर रहेको थियो ।


नारायणी अञ्चलमा सबैभन्दा बढी दु्रत गतीमा जनसंख्या वृद्धि भएको जिल्ला :


२०५८ सालको जनगणनाको नतिजा अनुसार जिल्लागत हिसाबमा सातौ, मध्यमाञ्चल विकास क्षेत्रमा काठमाण्डौ पछिको र नारायणी अञ्चलमा सबै भन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला बारा रहेको छ ।


रु.४ करोड भन्दा बढी स्थायी सम्पत्ति भएका उद्योगहरु सबैभन्दा बढी भएको जिल्ला:


बारा जिल्लामा औद्योगिक गणना २०५९ को नतिजा अनुसार १० वा सो भन्दा बढी नियमित कामदार कार्यरत रहेका उद्योग प्रतिष्ठानहरु जम्मा ११९ वटा थिए । नेपालमा जम्मा ३२१३ वटा त्यस्ता उद्योग सञ्चालनमा रहेको उक्त वर्ष१२२ वटा उद्योगको मात्र रु.४ करोड भन्दा बढी स्थायी सम्पत्ति रहेको थियो । ती १२२ मध्ये १९ वटा उद्योगहरु बारा जिल्लामा सञ्चालित थिए । साथै, त्यस आंकडा अनुसार बाराका ८ वटा उद्योगहरुमा २०० जना वा सो भन्दा बढी कामदारहरु कार्यरत रहेका थिए । स्वदेशि र विदेशीको संयुक्त नीजि लगानीमा उक्त सालसम्म नेपालमा स्थापीत भएका कूल २८ वटा उद्योगहरु मध्ये ४ वटा बारा जिल्लामा सञ्चालनमा रहेका थिए।

पदाधिकारीहरु

नामः

पदः सभापति


नामः

पदः उप-सभापति


नामः मुरारी नेपाल

पदः स्थानिय विकास अधिकारी